बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुदै ?

१२ चैत्र २०८०, सोमबार ११:५२

काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य बढेको छ।

गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबार सार्वजनिक बिदा परेकाले सुनको एकै चोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज तोलाको एकहजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।