आज सुनको मूलय घट्यो, कारोबार कतिमा हुदै ?

९ चैत्र २०८०, शुक्रबार १२:३६

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।