अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय सन्दिप बि.क.को मृत्यु

८ चैत्र २०८०, बिहीबार १७:३२

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा आज भएको ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका १० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टरको ट्राली फुत्किएर दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका ९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।

प्रहरी निरीक्षक रावलका अनुसार मुढा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्ती नजिकै ट्राली फुत्किदा ट्रालीमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको हो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  शवको अवस्था छेदविछेद रहेको छ ।