भन्सार चुहावटको आँकडामा सुधार ल्याउने अर्थमन्त्रीको दाबी

८ चैत्र २०८०, बिहीबार १४:३४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अबको अर्को महिना देखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरेका छन् ।

बिहीबार अर्थसमितिको बैठकमा सांसदहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर कार्ययोजना बनाएको उल्लेख गर्दै बैशाख महिना देखि नै भन्सार चुहावटको आँकडामा सुधार हुने दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर एउटा कार्ययोजना बनाएका छौं । आउँदो महिना देखि नै भन्सार चुहावटको आँकडामै सुधार ल्याउँछौं । जहाँ सम्मनीति गत रुपमा सुधार ल्याउने विषयमा सदस्यहरुले दिएका सुझावलाई मार्ग दर्शनकै रुपमालिएका छौं ।’

निवर्तमान अर्थमन्त्रीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रिबजेटको सन्दर्भमा प्रर्याप्त छलफल गरेर परिमार्जित गरिने पुनको भनाइथियो । अर्थमन्त्री पुनले मुलुक संघीयतामा गैसकेपछि तीनवटै तहका सरकारका लागि कार्यक्षेत्र छुट्याएको स्मरण गर्दै सोहि अनुसार काम कारबाही अगाडि बढ्ने बताए ।

उनले भने, ‘मुलुक संघीयतामा गइसकेपछि ठुला योजनाहर संघ सरकारले, मझौला योजनाहरु प्रदेशले र सेवाप्रवाहसँग सम्बन्धीत योजनाहरु स्थानीयतहले गर्नेगरि खाकातयार गरेका छौं । यसरी छुट्याइएको कार्यक्षेत्रमा टेकेर काम गर्छौं । ’

समितिबाट आएका सुझावहरुलाई आत्मसाथगर्दै समितिबाट आएको निर्देशनकार्यन्वयनकालागि अर्थमन्त्रीपुनले प्रतिवद्धता जनाए ।