नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा मल्ल

८ चैत्र २०८०, बिहीबार १२:१७

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको आठौं बार्षिक साधारण सभा चैत्र ७ गते बुधबार सम्पन्न भयो ।

सभाले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ । जस अनुसार अध्यक्षमा श्री राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्षमा श्री मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), महासचिवमा श्री महेन्द्र कृष्ण श्रेष्ठ (हिमायलन एभरेस्ट इन्स्योरेन्स), कोषाध्यक्षमा श्री रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) सदस्यहरुमा श्री आजाद श्रेष्ठ (युनाईटेड अजोड इन्स्योरेन्स), श्री पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) र श्री कुनाल कयाल (सानिमा जनरल इन्स्योरेन्स) रहेका छन् ।