नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार

६ चैत्र २०८०, मंगलवार १६:१९

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ । मंगलबार सेयर बजार सूचक नेप्से ६.२४ अंकले घट्दै २०६७.२९ विन्दुमा रह्यो ।

कारोबार रकम भने हिजोका तुलनामा केही बढेको छ । ९४ लाख ७८हजार ९ सय ३३कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ छ । सोमबारको कारोबार रकम २ अर्ब ८२ करोड १८ लाख थियो ।

आज १०४ कम्पनीका सेयर मूल्य बढेको छ भने १२८ को घटेको छ ।११कम्पनीको सेयर मूल्यमाभने कुनै परिवर्तन भएन । आज १३ उपसमूहमा लगानी, जीवनबीमा र माइक्रोफाइनान्स बोहक सबै घटेका छन् । सर्वाधिकव्यापार उपसमूह १.३१ प्रतिशतले घटेको छ ।

आज बुद्धभूमि हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको सेयरमा सर्किटस्तरको बढोत्तरी छ । धौलागिरी लघुवित्त, इनफिनिटी लघुवित्त, भगवती हाइड्रको पनिसेयर मूल्यमा उच्च बढोत्तरी छ ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमाआज पनि शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर २५ करोड ९७लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको १८ करोड ८९ लाख, गुर्खाज फाइनान्सको १५ करोड ८२लाख र घोराही सिमेन्टको १० करोडको सेयर किनबेच भएको छ ।