७ सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा हुदै ?

६ चैत्र २०८०, मंगलवार ११:३३

काठमाडौं । नेपालीबजारमा मंगलबारसुनचाँदीको मूल्यफेरी बढेको छ ।

नेपाल सुनचाँदीव्यवसायीमहासङ्घका अनुसार आज सुन तोलामा७ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यपनितोलामा ५ रुपैयाँले बढेर१हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार चाँदीतोलामा १हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।