आजको विदेशी मुद्रा विनिमय दर (सूचीसहित)

२ चैत्र २०८०, शुक्रबार ०७:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

जसअनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६६पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।

बिहीबार युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ ।बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा तोकिएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।