त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

३० फाल्गुन २०८०, बुधबार ०९:३७

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) आमने सामने हुन लागेका छन् ।

नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

मंगलबार नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै पीएनजीले उपाधिका लागि नेपालसँगको भिडन्त पक्का गर्न सफल भयो ।
नेपाल र पीएनजीबीचको फाइनल खेल मध्यान्ह पौने १२ बजेदेखि सुरुहुने छ ।