अल्लू अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

२९ फाल्गुन २०८०, मंगलवार १४:३४

मुम्बई । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् ।

अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली हलिउड सुपरस्टार अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् ।
फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् ।

उनले झण्डै ६० करोड रुपैंयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो । तर एटलीको फिल्मको व्यापार तथ्यांकलाई हेर्दा भने धेरैले यो पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् ।

एटली यतिबेला नयाँ फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छन् । अहिले फिल्मको कथालाई अन्तिम रुप दिने काम भइरहेको छ । यदि सबै कुरा ठीकठाकसँग चल्यो भने अल्लू र एटली फिल्म ‘पुष्पा २’ रिलिजपछि सुटिङमा जानेछन् । अल्लूले ‘पुष्पा २’ पछि निर्देशक क्रिविक्रम श्रीनिवासको नयाँ फिल्म सुरु गर्नुअघि एटलीको फिल्म पुरा गर्नेछन् ।