काठमाडौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका दाहाल मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।
यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्।
उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले मतदान गरेका थिए ।
यस्तै युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
