प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप

२९ फाल्गुन २०८०, मंगलवार ११:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

मंगलबार बिहानसिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्विप जारी गरेको हो ।

रास्वपा उपप्रधान तथा गृहमन्त्री सहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ ।