काठमाडौं । एमालेका युवा नेता रामप्रसाद रिजालले एमाले अध्यक्ष केपीशर्मा ओलीले आफूलाई धेरै माया गरेको बताएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै नेता रिजालले वलीले आफूलाई अघात माया प्रेम र आशीर्वाद दिएको भन्दै छोड्न नसक्ने बताएका हुन् ।
उनले लेखेका छन् ”मध्यरातमा मलाई बाले उहाँको निवास बालकोटमा माननीय मन्त्रीहरूको अगाडि गरेको अघात माया प्रेम र आशीर्वादले म बालाई छोड्न नसक्ने भए । हिजै विहान बुधबार भेट्दा पनि यसै गर्नु भयो । बा संग मैले भेटेका प्रत्येक पलहरू बाले सम्झेको देख्दा बा को यो उमेरमा पनि अद्धभुत क्षमता रहेको पाए ।”
उनले माननीय मन्त्री भगवती चौधरी ज्यूलाई हृदय देखि धन्यवाद समेत दिएका छन् ।


