प्रताप दास र अन्जु पन्तको नयाँ गीत “बादल भित्र” को भिडियो सार्वजनिक

१५ फाल्गुन २०८०, मंगलवार १७:२१

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो “बादल भित्र ”  सार्वजनिक भएको छ ।

सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ । बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् ।

मोडलद्वय दिनेश बिष्ट हीर शाहीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।

प्रकाश खड्काको छायांकनमा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् । सम्पादन र कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् ।
यसअघि ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् । फरक विधाका कथावस्तुमा अभिनयमा रुची राख्ने दिनेश यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् ।