‘श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैन’

१३ फाल्गुन २०८०, आईतवार १२:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएको विषयलाई राज्यले बेलैमा हल गनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यको चौथो अंग आमसञ्चार माध्यममा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक नपाएको विषय उठेको हो । राज्यले समयमै श्रमजीविका समस्याहल गर्न नसके देशमा लोकतन्त्र फस्टाउन नसक्ने रास्वपा सांसद श्रेष्ठको भनाई छ ।

सांसद श्रेष्ठले भने ‘श्रमजीविपत्रकारहरुले झेल्दै आइरहेका समयमै पारिश्रमिक नपाउने समस्यालाई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन ।’

उनले राज्यको चौथो अंगमा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक पाउनु पर्ने होकि होइन ? भन्दै प्रश्न पनि गरे । श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएको विषय सञ्चारगृहहरुबाट सडकसम्म पुगेको बताएका श्रेष्ठले श्रमजीविको पारिश्रमिक बेलैमा उपलब्ध गराउने वातावरण बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए ।