नुवाकोट । नुवाकोटका दूध उत्पादक किसानहरुहरुले दूधले बजार नपाएपछि सडकमा दूध पोख्न बाध्य भएका छन ।
जिल्लामा उत्पादन गरीएको दूध काठमाण्डुमा ल्याउँदा सम्म बजार नपाएपछि उनीहरु दूध पोख्न बाध्य भएका हुन । विगत लामो समयदेखी काठमाण्डुको संयुक्त डेरीले दूध संकलन गर्दै आएपनि डेरीले भण्डान क्षमता नभएको भन्दै आजबाट दूध पूर्णरुपमा नुवाकोटमानै फिर्ता पठाएको हो ।
नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको हाम्रो दूध संकलन केन्द्रले विगत लामो समय देखि नुवाकोटबाट दूध संकलन गरी काठमाण्डुमा ल्याइ विक्रीवितरण गर्दै आएको थियो । तर काठमाण्डुमा पनि उत्पादीत दूधले स्थान पाउन नसकेपछि दूध पोख्न बाध्य हुनुपरेको हाम्रो दुध संकल केन्द्रका अध्यक्ष पुष्पराज भट्टले बताए ।
उनीहरुले आज शुक्रबार नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा करिब २००० लिटर दूध पोखेर विरोध जनाएका हुन । पछिल्ला महिनाहरुमा दूध बिक्री वितरण हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको अध्यक्ष भट्टले बताए ।
केन्द्रमा संकलन गरेको दूधनै विक्रीवितरण हुन छाडेपछि किसानहरुलाई दूधको रकम भुक्तानी दिन पनि समस्या भएको बताएका छन । दैनिक १७ सय लिटर दूध संकलन हुने गरेको जिल्लामानै विक्रीवितरण नहुने र राजधानि काठमाण्डु सम्म ल्याउँदा यस्ता समस्या पटक पटक भोग्नु परेको उनले बताएका छन ।
यसले गर्दा दूध किसानहरुले निकै समस्या भोग्नु परेको उनले बताएका । सरकारले बेलैमा दूध किसानको समस्या समाधानमा ध्यन दिनुपर्ने उनले बताए ।
