नेपालीले अब भारतको सिमकार्ड पाउने

८ फाल्गुन २०८०, मंगलवार ११:३१

काठमाडौं । भारतमा काम गर्न तथा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड पाउने भएका छन् ।

भारतमा काम गर्न वा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड नपाउँदा धेरै समस्याहरु भोग्नुपरेको थियो ।

तर, अब भने यो समस्या समाधान हुने भएको छ । भारतमा रहने या जाने नेपालीले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

राजदूत शर्माका अनुसार नेपाली नागरिकले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र या दूतावासले जारी गरेको परिचयपत्रका आधारमा भारतीय सीमकार्ड प्राप्त गर्न सक्नेछन् ।

यो समस्या समाधानका लागि राजदूत शर्माले पहल गरेका थिए ।