काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका ९७ हजार १ सय ५ पटकको कारोबारमा १ करोड ७७ लाख २ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.३५ अंकले घटेर ३६५.२० को विन्दुमा पुगेको छ । आइतबार सबैभन्दा बढी कारोबार हाइड्रो पावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्ने सेक्टर कर्पोरेट डिभेन्चर रहेको छ ।
