कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

६ फाल्गुन २०८०, आईतवार ०९:३७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेकोे छ ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ सानोठिमी, भक्तपुर फागुन ४ गते शुक्रबार कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेकोे हो ।

कक्षा १२ को वार्षिक परीक्षा २०८१ सालमा साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित एवं ग्रेड वृद्धि अनुसार परीक्षा सञ्चालन हुने भएको छ ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुने भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जानकारी गराएको छ ।