आज तराईमा हुस्सु, कोशी र गण्डकीमा वर्षा र हिमपात

४ फाल्गुन २०८०, शुक्रबार ०८:१४

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहनेमौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशकोे पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँहरुमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन् ।

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने गण्डकीका केही ठाउँहरुमा वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।