कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ ख–००९८ न.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको बताएका छन् । घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको उउनको भनाई छ ।
उक्त घटना स्थलमा सशस्त्र प्रहरी उपरीक्षक केसी सहित ६० जनाको टोलीद्धारा उद्दार कार्य भई रहेको छ । उक्त घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।
