आज यी ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२ फाल्गुन २०८०, बुधबार ०८:३२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भने एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।