काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाललेभावी पुस्तालाई इतिहासकाअनुभव र अनुभूतीप्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् ।
जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममाउनले चुनौतीपूर्ण परिस्थितीमापनिजनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागिमनऋषिधिताललाई धन्यवाददिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए ।
उनले भने, ‘मनऋषिधिताललाई हार्दिक धन्यवाददिन चाहन्छु । इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासकाअनुभवर अनुभूतीप्रत्यक्ष रुपमा सम्प्रेषण गर्ने मेहेनत गर्नुभयो । त्यसको लागि, कठिन जटिल र चुनौतीपूर्ण परिस्थितीमापनिजनयुद्धका स्मरण र अनुभवहरुलाई जीवन्त राख्नुपर्छ भन्ने
ऐतिहासिकजिम्मेवारीबोध गरेर आज सातवटा पुस्तक एकैपटक विमोचनमाल्याउने लेखक मनऋषिधिताललाई धन्यवाददिन चहान्छु ।’ उनले लेखकहरुलाई धन्यवाददिंदैजनयुद्ध दिवसको दिनको उपस्थित सबैलाई बधाई पनिदिएका छन् । धितालले ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधार यात्रा’, ‘राजमागयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डक यात्रा’ पुस्तक सार्वजनिक गरेका हुन्
