आज पनि ३ सयले घट्यो सुनको मूल्य

१ फाल्गुन २०८०, मंगलवार ११:५०

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।