काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि (२०८० पुस मसान्त) सम्मको कुल आम्दानी २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको जनाएको छ ।
टेलिकमले मंगलबार (हिजो) जनाए अनुसार उक्त रकम गत आर्थिक वर्षको सोही अवधि (२०७९ पुस मसान्त) को कूल आम्दानी २२ अर्ब १० करोड ११ लाख ३७ हजारको तुलनामा ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी भएको जनाएको छ ।
चालु आ.व.को दोस्रो त्रैमासिक अवधि (२०८० पुस मसान्त) सम्मको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रहेको । उक्त रकम गत आ।व। को सोही अवधि (२०७९ पुसा मसान्त) को कुल सञ्चालन आय १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको हो ।
टेलिकमले चालु आ।व।को दोस्रो त्रैमासिक अवधि (२०८० पुस मसान्त) सम्मको खुद मुनाफा तीन अर्ब ९३ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आ।व।को सोही अवधि (२०७९ पुस मसान्त) को खुद मुनाफा ४ अर्र्ब २५ करोड ४७ लाख ७६ हजार रुपैयाँको तुलनामा ३२ करोड ३३ लाख ७३ हजार (अर्थात ७.६० प्रतिशत) ले कमी भएको हो ।
टेलिकमले कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ रहेको समेत जनाएको छ ।
नेपाल टेलिकमले गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा चालू आ।व। सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु समेत उल्लेख गरेको छ ।
टेलिकमका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर–आवद्धता आयमा गत आ.व.को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब ५२ करोड ९२ लाख ७५ हजार रुपैयाँले कमी भएको छ ।
यसबाहेक मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा सञ्चालन हुन नसकेको बताइएको छ ।
त्यस्तै राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाएको छ ।
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौतीभई राजश्वमाप्रतिकुल असर परेको टेलिकमले जनाएको छ ।
यसका साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड ७ लाख रुपैयाँले कमी भएको टेलिकमले जनाएको छ ।
