क्यानडाले दियो २ सय ३३ रनको लक्ष्य

२९ माघ २०८०, सोमबार १३:२३

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ ।

टीयु क्रिकेट मैदानमा जारी खेलमा टसहारेरव्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २३२ रनमा समेटियो । तेस्रो खेलमा डेब्यु पाएका हेमन्त धामीले आफ्नो सानदार डेब्यु विकेट दर्ज गराए ।धामीले सर्वाधिक ३ विकेट लिए।

यस्तै कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले एक–एक विकेट लिए। क्यानडाका लागि नभनीत धलिवाल ५०, हर्ष ठकेरले २७ रन जोड्दा आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२ र निकोलस किर्तोन ३ रन बनाएर आउट भएका थिए ।

नेपालले आजको खेलमा आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई बेन्चमा राखेको छ । इनिङको ओपनिङ कुशल भुर्तेल र अनिल कुमार शाहले गर्नेछन् ।