सुनको मूल्य स्थिर,चाँदीको भाउ बढ्यो

२९ माघ २०८०, सोमबार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यस्थिर रहँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा१ लाख १८ हजाररुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो ।

आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भैरहेको छ । यस्तै, शुक्रबारको तुलनामा स्थिरआइतबार चाँदीको मूल्य आइतबार प्रतितोला१ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।