काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३रुपैयाँ १६ पैसा पुगेको छ ।युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर१६७ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ १५पैसा रहेको छ । आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
