काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको छ ।
