पुनम क्यान्सरको ब्राण्ड एम्बासडर बन्न अस्वीकृत, कारण यस्तो छ

२५ माघ २०८०, बिहीबार १०:२६

मुम्बई (एबीपीन्यूज) । भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ ।

युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो ।यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको हो । यद्यपि युनियन हेल्थ मिनिस्ट्रीले यो खबरलाई झुठो भएको दाबी गरेको छ ।

पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुठो कुरा पोस्ट गरेको थियो । यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए ।

‘आज बिहान हाम्रो लागि मुस्किल छ । तपाईंहरुलाई यो कुरा बताइरहँदा दुःख लागेको छ कि हामीले आफ्नो प्यारी पुनमलाई सर्वाइकल क्यान्सरका कारण गुमायौं । हरेक व्यक्ति जो उनको सम्पर्कमा आए, तिनीहरुलाई उनले प्रेमले भेटिन् । दुःखको यो घडीमा हामी गोपनियताको अपिल गर्दछौं र उनको हरेक चिजका लागि प्रेमपूर्वक सम्झने छौं’, इन्स्टाग्राममा लेखिएको थियो ।

मृत्युको खबर भाइरल भएको भोलिपल्ट अर्थात फेब्रुअरी ३ मा पुनमले एक भिडियो सन्देश जारी गर्दै आफू जीवित रहेको बताएकी थिइन् ।

उनले सर्वाइकल क्यान्सरका बारेमा आम मानिसमा जानकारी दिनका लागि आफ्नो टिमसँग मिलेर मृत्युको झुठो स्टन्ट गरेको उल्लेख गरेकी थिइन् । उनको यो हर्कतले फ्यान र बलिउड कलाकारहरु निकै रिसाएका थिए र पुनममाथि रिस पनि पोखेका थिए ।