आज अमेरिकी डलर र रियालको भाउ स्थिर, अरुको विनिमय दर कति ?

२४ माघ २०८०, बुधबार ०८:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।

राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३रुपैयाँ २० पैसा रहेको छ ।डलर मंगलबारको तुलनामा आज स्थिर छ ।

बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर१६६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ ।

मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको थियो । आज कतारी रियालपनि मंगलबारको तुलनामा स्थिर छ ।रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ३७पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसामा कारोबार गर्न सकिने छ ।