गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

२४ माघ २०८०, बुधबार ०८:२३

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भनेगण्डकी र कर्णाली प्रदेशका हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार हाल तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ । आज दिउँसोलुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । बुधबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।