मुगु । मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
खत्याड गाउपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिरभएको आगलागीमा परी उनका १४ बर्षीय छोरा विशाल र१२ बर्षीयाछोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मृतकद्वयलाई आमासरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन,दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् ।प्रहरीका अनुसार एक हल गोरु र दुईओटा गाई पनिमरेका छन् ।
आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् । सरस्वतीका श्रीमान लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।
