काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्यआजपनि ४ सयले घटेको हो ।
आज छापावाल सुन१ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन१ लाख १७हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्यतोलामा १ लाख १८ हजार ९ सय र तेजाबी सुनको मुल्यतोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँथियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यतोलामा ५ रुपैयाँले घटेर१हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो चाँदीतोलामा १हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
