काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबार खरिद दर १४४ रुपैयाँ ०७पैसा र बिक्री दर १४४रुपैयाँ ७२रहेको थियो ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दरमा पनि गिरावट आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ ।
आइतबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
