आज पनि सुनको भाउ स्थिर, कारोबार कतिमा ?

१४ माघ २०८०, आईतवार ११:३३

काठमाडौं । शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।