आँखाको राम्रोसँग ख्याल राख्न यी कुराहरुमा ध्यान दिनुहोस्

१३ माघ २०८०, शनिबार ०९:२२

एजेन्सी । त्यसो त अहिले बालबालिकामा पनि आँखाको समस्या अत्यधिक देखिने गर्छ । तर सामान्यतया ३० वर्ष उमेर पुग्दै गर्दा मानिसलाई आँखा सम्बन्धी समस्या देखिन थाल्छ ।

यो उमेरसम्म आइपुग्दा अत्यधिक मानिसलाई चस्माको आवश्यकता पर्न थाल्छ । यदी तपाईं केही साना कुराहरुलाई ध्यान दिनुभयो भने पनि यस्तो समस्याबाट बच्न सक्नुहुन्छ ।

यहाँ केही टिप्सहरु दिइएको छ जसलाई अपनाएर तपाईं आँखाको समस्या आउनबाट जोगिन सक्नुहुन्छ ।

अहिलेको समयमा मानिसहरु धेरै जस्तो समय मोबाइल, ल्यापटप र कम्प्यूटरको स्क्रिनअगाडि बसेर बिताउँछन् । तपाईंको यही बानीले आँखाको रोशनीलाई एकदमै नोक्सान पुग्छ । यसले आँंखामा गम्भीर समस्याहरु पनि आउन सक्छ ।

३० वर्ष पुगेपछि आफ्नो आँखाहरुलाई समय समयमा जाँच गर्नुपर्छ । यसले तपाईंको आँखामा हुँदै गरेका समस्या पनि पहिले नै थाहा हुन्छ । जसले गर्दा समयमै उपचार गर्दा गम्भीर समस्या आउन पाउँदैन ।

यदी तपाईं आफ्नो आँखाको राम्रोसँग ख्याल राख्न चाहनुहुन्छ भने स्वस्थ खाना खानुहोस् । यसका लागि तपाईं भिटामिन ए युक्त खानाहरुको सेवन गर्नुहोस् । यो आँखाका लागि धेरै प्रकारले फाइदाजनक हुन्छ ।

यदी तपाईं आँखालाई सधैं स्वस्थ राख्न चाहनुहुन्छ भने राम्रो निद्रा लिन पनि एकदमै जरुरी हुन्छ । नियमित रुपमा लामो समय निद्राको कमी हुँदै जाँदा पनि आँखाको रोशनी कम हुने तथा धमिलो देखिने समस्या आउँछ ।

तपाईं आफ्नो आँखालाई स्वस्थ राख्नका लागि केही सुक्ष्म व्यायामहरु पनि गर्न सक्नुहुन्छ । यसले आँखामा दबाव पनि कम पर्छ र रोशनी पनि कम हुँदैन ।

धुम्रपान स्वास्थ्यसँगै आँखाका लागि पनि खतरनाक हुन्छ । धुम्रपान गर्ने व्यक्तिको आँखाको रोशनी छिटै कम हुन थाल्छ । त्यसैले धुम्रपान जस्ता खराब बानीहरु पनि छोड्नु पर्छ ।