काठमाडौं ।नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य स्थिर नै छ।
आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो। चाँदीको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
