साढे चारबजेपछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने

११ माघ २०८०, बिहीबार १३:१२

काठमाडौं । निर्वाचन आयोगले आज(बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ ।हालसम्म करिब ७० प्रतिशतमतदान भइसकेको शर्माले जानकारी दिए ।

‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशतमत खसिसकेको अवस्था हो ।’

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चारबजेपछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए। ‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगलेगरेको छ,’ पौडेलले भने ।

काठमाडौं । निर्वाचन आयोगले आज(बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ ।हालसम्म करिब ७० प्रतिशतमतदान भइसकेको शर्माले जानकारी दिए ।

‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशतमत खसिसकेको अवस्था हो ।’

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चारबजेपछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए।

‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगलेगरेको छ,’ पौडेलले भने ।