यस्तो छआजको विदेशी मुद्राको विनिमय दर

१० माघ २०८०, बुधबार ०७:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २१पैसा र बिक्री दर १४४ रुपैयाँ ८६पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।