प्रधानमन्त्री कप क्रिकेटमा अनिल साहको अर्धशतक

८ माघ २०८०, सोमबार ११:०६

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका ओपनर अनिल साहले अर्धशतक प्रहार गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रधार गरेका हुन् ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको मधेशका लागि अनिल साहले ४८ बलको सामना गरेर ४ चौका र २ छक्कासहित ५८ रन जोडेर खेलिरहेका छन् । उनलाई मयन यादवले २४ रन बनाएर साथ दिइरहेका छन् ।

ताजा अवस्थामा मधेशले १७ ओभरमा १ विकेट गुमाएर १०० रन जोडेको छ । जारी प्रतियोगितामा अनिलको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कोशी प्रदेशविरुद्ध ८८ रन बनाएका थिए । कर्णाली प्रदेशविरुद्धकको खेलमा भने उनी अर्धशतक पूरा गर्नबाट ६ रनले चुकेका थिए ।