यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

८ माघ २०८०, सोमबार ०८:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २० पैसा पुगेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८  पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।