चिसो भित्रि वस्त्र लगाउनुको नोक्सानी

४ माघ २०८०, बिहीबार १७:०९

काठमाडौं । प्रायः वर्षा अथवा जाडोयाममा हाम्रो लुगा राम्रोसंग सुक्दैन । जसले गर्दा अधिकांश समय राम्रोसंग नसुकेको भित्रि पहिरन लगाएर हिँड्नु पर्ने हुन्छ ।

यसका साथै धेरै मानिस सिन्थेटिकको भित्रि पहिरन लगाउँछन्, जुन शरीरका लागि हानिकारक हुन्छ ।

प्रायः हामी बाहिरबाट राम्रो देखिनका लागि सफा, महंगो र स्टाइलिस लुगा लगाउँछौं, तर भित्रि पहिरन कस्तो कपडाले बनेको छ भन्ने बारेमा हामी ध्यान दिँदैनौ ।

यसबाहेक कति मानिस त च्यातिएको भित्रि पहिरन पनि लगाउँछन् । तर भित्रि पहिरनको बारेमा ध्यान दिनु अति आवश्यक छ ।भित्रि पहिरन फोहोर, चिसो र लो क्वालिटीको भयो भने कस्ता नोक्सानी हुन्छ भन्ने बारेमा केहि जानकारी ।

चिसो भित्रि वस्त्र लगाउनुको नोक्सानी

चिसो भित्रि वस्त्त लगाउनाले यीस्ट अथवा फंगल संक्रमण बढेर इन्टिमेट एरियामा नोक्सान पुर्याउँछ । चिसो लुगा लगाउनाले छालामा ब्याक्टेरिया उत्पन्न हुन्छ । त्यसैले चिसो र पसीनाले भिजेको भित्री पहिरन लगाउनाले छाला र स्वास्थ्य दुवैलाई बेफाइदा हुन्छ ।

सुगन्धित डिटर्जेन्टले भित्रि वस्त्र धुनु हुँदैन । भित्रि पहिरन धुँदा बासना आउने साबुन अथवा सर्फको प्रयोग गर्नु हुँदैन । सुगन्धित डिटर्जेन्टमा प्राकृतिक तत्व र सुगन्धको प्रयोग गरिएको हुन्छ, त्यो प्रोडक्ट तपाईँका लागि उपयुक्त हुन्छ । तर प्रायः डिटर्न्टज पाउडरको सुगन्ध केमिकलबाट बनाइन्छ, जुन छालका लागि हानिकारक हुन्छ ।

कसिलो भित्रि वस्त्र

कसिलो भित्रि वस्त्र लगाउनु हुन्छ भने तपाईभका लागि हानिकारक हुन्छ । लामो समयसम्म शेपवियर अथवा कसिलो भित्रिवस्त्र लगाउनाले गोप्य अंगमा रक्त सञ्चार रोकिन्छ, जसले केवल रक्त सञ्चार मात्र प्रभावित हुँदैन, यसले पेटको विभिन्न भागमा पनि रुकावटका कारण ग्यास, सूजन र अपचको समस्या पनि हुन्छ ।

सिन्थेटिकको भित्रि वस्त्र

सधैं सूतिको भित्रि वस्त्र लगाउनु पर्छ । सूतिले बनेको भित्रि वस्त्र कटन फेब्रिकबाट हावा आवतजावत सजिलै हुन्छ, जसले भित्रि वस्त्र चिसो हुन पाउँदैन । धेरै मानिस नाइलन, पोलिस्टर, सिन्थेटिकजस्ता फेन्सी कपडा (जसबाट हावा सजिलै पास हुन पाउदैन) का भित्रि वस्त्र लगाउँछन् । जुन स्वास्थ्य र स्वच्छता दुवैका लागि हानिकारक हुन्छ ।

बालतोडको समस्या

गोप्य अंगमा भएको रौँबाट हुन सक्ने समस्याको सामना गर्न चाहनु हुन्न भने कहिले पनि कसिलो भित्रि वस्त्र लगाउनु हुँदैन । खराब फिटिङ भएका भित्रि वस्त्र लगाउनाले असहज महसुस हुने मात्र नभएर यसले छालामा र्याशेज पनि उत्पन्न गर्छ ।

त्यसैले गोप्य अंगको वरपर बालतोडको समस्या नहोस् भन्नका लागि खराब फिटिङ भएको भित्रि वस्त्र लगाउनु हुँदैन । त्यति मात्र नभएर लामो समयसम्म कसिलो भित्रि वस्त्रको प्रयोग गर्नाले यीस्ट इन्फेक्शनले पनि पीडित हुने सम्भावना बढ्छ ।