रुखबाट लडेर ज्यान गुमाइन् रितुले

४ माघ २०८०, बिहीबार ०९:१५

काठमाडौं । कैलालीमा रुखबाट लडेर एक किशोरीले ज्यान गुमाएकी छन्।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते भएपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रितुका आफन्त मिलन बुढाले बताए। रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।