काठमाडौं । भारतका कप्तान रोहित शर्माले टी–२० क्रिकेटका सर्वाधिक शतक बनाउने विश्व कीर्तिमान कायम गरेका छन् ।
बुधवार राति बेंगलुरुमा अफगानिस्ताविरुद्ध शतक बनाउँदै उनले नयाँ कीर्तिमान कायम गरेका हुन् । रोहितले ६९ बलमा ११ चौका र ८ छक्कासहित नटआउट १ सय २१ रन बनाए ।
योसँगै रोहित टि२० आई खेलमा सर्वाधिक पाँच शतक हान्ने पहिलो खेलाडी बने। उनले सूर्यकुमार यादव र ग्लेन म्याक्सवेलको ४–४ शतकलाई पछि पारे ।
रोहितको कीर्तिमानी शतकमा भारतले अफगानिस्ताविरुद्धको तेस्रो टी २० मा २ सय १२ रन बनायो ।
