गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको कर्णाली मध्यम सुरुआतमा

२९ पुष २०८०, आईतवार १५:०८

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले मध्यम सुरुआत गरेको छ।

कर्णाली प्रदेशले १७ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ। कर्णालीका ओपनर तथा कप्तान रविन्द्र शाही २० रनमा क्याच आउट भए। १९ बलमा १ चौका र २ छक्का हानेका शाही अंकित न्यौपानेको बलमा विकेट किपर समिर कँडेलको हातबाट क्याच आउट भए। विपिन शाही ६ रनमा विपिन शाहीको बलमा एलबीडब्लु धरापमा परे।

गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले समान एक विकेट लिए। त्यसअघि भैरहवाको सिद्धार्थनगरमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।

खराब मौसमका कारण खेल ४५ ओभरमा छोट्टाइएको थियो। गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रन बनाए। अश्वनी रानाले १६ रन थपे। कप्तान विपिन खत्री १० रन बनाउँदा क्याच आउट भए।

चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कर्णालीका लागि अनुज चुनारा, दिपेश अधिकारी र दिपेन्द्र रावतले समान २ विकेट लिए। प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले समान एक विकेट लिए।