बझाङमा फेरि गयो ४.४ म्याग्निच्युडको भूकम्प

२८ पुष २०८०, शनिबार ०८:५१

काठमाडौं । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार,शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा४ दशमलव ४ म्याग्निच्युडको भूकम्पको गएको हो ।

भूकम्पको केन्द्र छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ । भूकम्पविद्धहरुले पश्चिम नेपालमा ठूलो शक्ति सञ्चित रहेकोले जुनसुकै बेला ठुलो भूकम्प जानसक्ने बताउँदै आएका छन् ।