भालुबाङमा भएको बस दुर्घटनामा मृत्यु भएका थप एक जनाको सनाखत

२८ पुष २०८०, शनिबार ०८:४०

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङमा भएको बस दुर्घटनामा मृत्यु भएका थप एक जनाको सनाखत भएको छ।

बाँके खजुरा गाउँपालिका ३ निवासी २५ वर्षीय सञ्जय केसीको सनाखत भएको हो।यससँगै सनाखत हुनेको संख्या ९ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पोष्टमार्टमका लागि ठाउँको अभाव भएको छ। लमही अस्पतालको शवगृहमा शव छ तर, त्यहाँ फराकिलो ठाउँ छैन। जसले गर्दा पोस्टमार्टम हुन नसकेको हो।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, भालुबाङले जनाएको छ।दाङको भालुवाङ बस दुर्घटना हुदा १२ जनाको मृत्यु भएको छ ।