आज पनि २०० ले घट्यो सुनको मूल्य, कारोबार कतिमा हुदै ?

२६ पुष २०८०, बिहीबार ११:१२

काठमाडौं। आज पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँ कायम छ ।