कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति ?

२६ पुष २०८०, बिहीबार १०:२४

काठमाडौं । कुमारी बैंकले माघ महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले उक सूचना जारी गर्दै पुस महिनाको तुलनामा माघमा ब्याजदर घट्ने जनाएको हो । बैंकका अनुसार, माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिनेछ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।